काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस वर्ष आयात आयात १५ दशमलव ८३ प्रतिशतले बढेको हो । यस्तै निर्यात व्यापार ५८ दशमलव १७ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । नेपालले वस्तु निर्यातभन्दा धेरै आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना ब...