काठमाण्डाै – फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा रहेको छ । फिफाको सार्क देश वरीयतामा भारत १ सय ४२ औं, माल्दिभ्स १ सय ७३ औं, बङ्गलादेश १ सय ८० औं, भूटान १ सय ९२ औं, श्रीलङ्का १ सय ९४ औं र पाकिस्तान १ सय ९९औं स्थानमा यथावत् छन् । फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो, ब्राजिल पाँचौं,...