‘झरीपछिको इन्द्रेणी’ दक्षिण कोरियामा प्रदर्शन हुँदै

नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ। प्रदीप भट्टराईको नेतृत्व तथा व्यवस्थापनमा दक्षिण कोरियामा केही दिनभित्रै फिल्म प्रदर्शन हुन लागेको हो । नेपालमा आधिकारिक सम्झौता भएसँगै दक्षिण कोरियामा फिल्म प्रदर्शनको तयारी थालिएको भट्टराईले जानकारी दिए । परदेशी जीवन, संघर्ष, पारिवारिक भावना तथा आशाको सन्देश बोकेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले कोरियामा रहेका नेपाली दर्शकहरूको साथ पाउने उनको विश्वास छ । 'यो कुनै व्यक्...