लुम्बिनी लायन्सको ट्रफी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुर्‍याइयो

यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोली लुम्बिनी लायन्स  ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’मा निस्केको छ । सोही क्रममा टोली सोमबार साँझ लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुगेको छ । च्याम्पियन्स ट्रफी आफ्नो जिल्ला पुग्दा रुकुमपूर्वका खेलप्रेमीहरू निकै खुसी देखिएका थिए ।  रूकुमकोटमा लुम्बिनी लायन्सको टोली भव्य स्वागत भएको पत्रकार मनिष खड्काले जनाएका छन्  ।  सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अ...