सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन

काठमाडौं महानगरपालिकाले विगतमा अनुमति लिएर पनि हाल सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ।  महानगरको शिक्षा विभागले विभिन्न समयमा गरेको स्थलगत अनुगमनका क्रममा कतिपय विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त गरेपछि यस्तो कदम चालिएको हो। नगर शिक्षा समितिको साउन २८ गतेको निर्णय अनुसार विभागले ती विद्यालयहरूको विवरण सङ्कलन र रुजु गरी खारेजीका लागि कार्यपालिकामा सिफारिस गर्ने तयारी गरेको छ। महानगरले आफ्नो वेबसाइटमा त्यस्ता सञ्चालनमा नरहेका विद्यालयहरू...