कोशीको पहाडी क्षेत्रमा आंशिक बदली, अन्य स्थानमा मौसम सफा रहने

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आगामी २४ घण्टामा देशका अधिकांश भू-भागको मौसम सामान्यतया सफा रहने देखिएको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी इलाका बाहेक देशका अन्य सबै भू-भागमा भने आज मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै, आज रातिको मौसम पनि दिउँसोकै जस्तै रहने पूर्वानुमान गरिएको छ। राति पनि कोशी प्रदेशको पहाडी भू-भागमा सामा...