जनप्रतिनिधिको बोलचाल बन्द- अध्यक्ष पेल्छन्, उपाध्यक्ष देखाउँछिन् बहुमतको दम्भ !

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणावती थारूबीचको विवादले गाउँपालिका ‘बन्दी’ बनेको छ ।  अध्यक्ष र उपाध्यक्षबीचको इगोले सोमबारको नगरसभा समेत स्थगित हुन पुग्यो । अध्यक्ष माझी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष थारू एमालेकी हुन् । कांग्रेसका जनप्रतिनिधिले समेत उपाध्यक्ष थारूलाई साथ दिएपछि अध्यक्ष माझी भने एक्लिएका छन् । सोमबारको नगरसभा उपाध्यक्ष थारूसहित ६ वडाका अध्यक्ष र कार्यपालिकाका १९ सदस्यले बहिष्कार गरे ।  उपाध्यक्ष थारूले अध्यक्ष माझीले कार्यपा...