काठमाण्डौ – तराईका धेरैजसो ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि नागरीकको दैनिकी नै प्रभावित बनेको हो । विशेषगरी बालबालिका, ज्येष्ठनागरीक र विपन्न वर्ग प्रभावित भएका छन् । दैनिक जनजीवन, स्वास्थ्य, सडक र बिहानको समयमा हवाई उडान समेतमा प्रभाव परिरहेको मौसमविद् हरि दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन । त्यस्तै हुस्सु र कुहिरो पनि बिस्तारै केही दिनमा कम ...