रवि–बालेनबीच अर्थपूर्ण भेटदेखि नेपाली राजनीतिमा नयाँ घटनाक्रम विकास हुने छनकसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं निवर्तमान सांसद असिम साहले रवि(बालेन भेट सुखद भएको बताएका छन्  । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ताको चाँजोपाँजो मिलाएका साहले कथाको सुखद् शुरूआत भएको उल्लेख गरेका हुन् । रवि र बालेनबीच सोमबार राति करिब ७ घण्टा लामो छलफल चलेको थियो । उनीहरूको भेटपछि राति १ः३६ बजे सामाजिक सञ्जालम...