आईपीओ जारी गर्ने तयारीमा होटल सब्रिना

होटल सब्रिनाले आईपीओ जारी गर्ने तयारी गरेको छ । १.५ अर्ब अधिकृत पुँजी र १.१२ अर्ब जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ६४ करोड ९६ लाख रूपैयाँ रहेको छ ।  कम्पनीले न्यूनतम् १५ लाख कित्ताको ४७ करोड ४ लाख रूपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको हो । हालै सम्पन्न होटल सब्रिनाको सातौं साधारणसभा यसबारे जानकारी गराइएको छ । वरिष्ठ कलाकार नीर शाहको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । आईपीओ जारी गर्न गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्काशनका...