सोमालियामा खडेरीका कारण ४६ लाख मानिस प्रभावित

सोमालियामा खडेरीजन्य विपद्का कारण ४६ लाख मानिस प्रभावित भएका छन् । लामो समयसम्म खडेरी रहँदा धेरै सङ्ख्या प्रभावित भएको संयुक्त राष्ट्रसङ्घ (यूएन) राहतमामिला हेर्ने निकायले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय नियोग (ओसीएचए)ले दुई मुख्य वर्षा ऋतुमा न्यून वर्षाका कारण खडेरी र यसका कारण निम्तिएको सङ्कटले देशलाई गाँजेको जनाएको छ । सहयोगको लागि कोषको कमीले अवस्थालाई थप जटिल बनाएको छ र यसबाट पहिले नै खराब मानवीय अवस्था रहेको सोमालियामा अझ खराब सङ्कट निम्तिएको छ । सोमालियाको ...