डा. चन्द्रभाल झा हुस्सु, कुहिरोका कारण केही दिनयता तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिउँसो अबेरसम्म घाम नलाग्ने र चिसो हावा चल्ने गर्दा घरबाहिर निस्कन पनि समस्या छ । घरभित्रै बस्दा पनि न्यानो कपडा नहुँदा विपन्न नागरिक बढी समस्यामा छन् । तापक्रम घट्ने, कुहिरो बढ्ने, बाक्लो हुस्सु लाग्ने र घरभित्रको धुँवाको सम्पर्क बढ्ने कारणले गर्दा धेरै प्रकारका रोग देखिन्छन् । दीर्घरोगीहरुलाई त समस्या थप बल्झिन्छ । चिसो बढ्न थालेसँगै तराई मधेशका बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, फ्लू, निमोनिया, दम लगायतका श्वासप्रश्वास...