६ महिनादेखि तलबविहीन कर्मचारी, अवकाश पाएका पनि रित्तै हात !

झन्डै ५० वर्ष पुरानो इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।  औद्योगिक क्षेत्रको इतिहास बोकेको हेटौंडा सिमेन्ट उद्योग र उद्योगका कर्मचारीको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ । उद्योगमा काम गर्ने कर्मचारीले झन्डै ६ महिनासम्मको तलब पाएका छैनन् । पछिल्लो समय आर्थिक रूपमा घाटा बेहोरिरहेको उद्योगका कर्मचारी चिन्तित छन् । उद्योगसँगै कार्यरत करिब डेढ सय स्थायी कर्मचारीको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ । सरकारले यस उद्योगलाई पुन: सञ्चालन तथा अन्य विकल्पमा लैजान नसक्नाले समस्याले झन्&...