‘बक्सिङ डे’ टेस्टबाट बाहिरिए अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्पिनर नाथन लियोन

परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाअन्तर्गतको चौथो खेलका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । ‘बक्सिङ डे’ टेस्ट शुक्रबार मेलबर्नमा शुरू हुनेछ । चौथो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा कप्तान प्याट कमिन्स र प्रभावशाली स्पिनर नाथन लियोनलाई समावेश गरिएको छैन । ह्यामस्टिङको समस्याबाट पीडित लियोन शल्यक्रियाका कारण टोलीबाट बाहिरिएका हुन् । कप्तान कमिन्स पनि ढाडको समस्याबाट पीडित रहेको समाचारमा जनाइएको छ । शृंखलाको पहिलो र दोस्रो टेस्टमा पनि कमिन्स टोलीमा थिएनन् । तर, उनले तेस्रो टेस्ट भने खेलेका थि...