विद्यार्थी नेता ओस्मान हादीको मृत्यु भएको केही दिनमै बंगलादेशमा अर्का एक विद्यार्थी नेतामाथि गोली प्रहार भएको छ । सोमबार खुल्ना शहरमा नेशनल सिटिजन पार्टी (एनसीपी)का नेता मोतालेब सिकदरमाथि गोली प्रहार भएको हो । आक्रमणकारीले उनको टाउको लक्षित गरी गोली चलाएको ‘द डेली स्टार’ले जनाएको छ । सोनाडांगा मोडल प्रहरी चौकीका अनुसन्धान अधिकृत अनिमेष मण्डलका अनुसार सोमबार बिहान करिब ११:४५ बजे अज्ञात व्यक्तिहरूले मोतालेबमाथि गोली चलाएका थिए । गम्भीर अवस्थामा उनलाई तत्काल खुल्ना मेडिकल कलेज अस्पताल लगिएको थियो । ...