कार्यतालिकामा पछि पर्‍यो कांग्रेस, पुसमा नियमित महाधिवेशन नहुने लगभग पक्का !

१५ मंसिरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भनेका थिए- ‘महाधिवेशन कार्य तालिका रकेट स्टाइलकै छ ।’ पत्रकारमाझ महतले पार्टीको १५ औँ महाधिवेशन पुस अन्तिममा गर्ने गरी केन्द्रीय समिति बैठकमा सहमति भएको र कार्यतालिका सोहीअनुरूप निर्माण भएको बताउने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । पार्टीले १६ पुसमा वडा अधिवेशन, १७ मा पालिका अधिवेशन, १९ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन अनि २१ मा प्रतिनिधिसभा क्षेत्र र एक मात्र निर्वाचन क्षेत्रको जिल्ला अधिवेशन भनेर सुनाउँदा उनले आफूहरूले ...