राष्ट्रिय सभा निर्वाचन : मधेशमा चुनाव जित्न गठबन्धन अनिवार्य

८ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ । मधेश प्रदेशमा १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका २७२ प्रमुख र उपप्रमुख मतदाता छन् । प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक […]