‘सिगरेट आफ्टर सेक्स’ सुन्ने, शान्ति ठटाल नसुन्ने!

पारिजातका उपन्यासहरू अस्तित्ववादका वाहक हुन्, तर त्यो फ्रान्सको अस्तित्ववाद हो। थाहा छैन- गोठालेले, भिक्षुले पश्चिमको अस्तित्ववाद पढे या पढेनन्; तर उनीहरूको आख्यानको अस्तित्व नेपाली हो, जसलाई मेरो जीवनका स्मृति र भविष्यका कल्पनाले बेरोकटोक स्वीकार्छन्।