आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा पाँच हजार ५०० र चाँदीको मूल्य २० रुपैयाले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ पुगेको छ । छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य चार हजार २३५ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।