नेमारको घुँडाको शल्यक्रिया, विश्वकपसम्म स्वस्थ भइसक्ने प्रशिक्षकको विश्वास

ब्राजिलियन राष्ट्रिय टोलीका प्रभावशाली फरवार्ड नेमारको घुँडाको शल्यक्रिया गरिएको छ । उनको बायाँ घुँडाको शल्यक्रिया सफल भएको चिकित्सकहरूले जनाएका छन् । ३३ वर्षीय नेमार ब्राजिलियन क्लब सान्तोषबाट व्यावसायिक फुटबल खेल्छन् । चोटका कारण स्टार खेलाडी नेमारले पछिल्लो समय गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । सन् २०२५ मा सान्तोषमा आबद्ध भएका नेमारले क्लबलाई रेलिगेसनबाट जोडाउन भने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ब्राजिलको राष्ट्रिय टोलीका चिकित्सकहरूले नेमारको घुँडाको सफल शल्यक्रिया गरेका हुन् । उनको सन् २०२३ मा फुटेको एन्टेरि...