एमालेले तल्ला कमिटीसँग माग्यो समानुपातिक उम्मेदवारको नाम

संसद् पुनःस्थापनाको पक्षमा रहेको नेकपा (एमाले)ले आन्तरिक रूपमा भने निर्वाचनलक्षित कार्यक्रम गरिरहेको पाइएको छ ।  निर्वाचन आयोगले तोकेको समयसीमा नजिकिँदै गर्दा एमालेले देशभरका जिल्ला कमिटीलाई समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर (परिपत्र) पठाएको छ । आयोगको कार्यतालिका अनुसार यही पुस १३ र १४ गते प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने प्रावधान छ ।  सोही कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आफ्ना तल्लो कमिटीलाई उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो । नेकपा एमाले मोरङ...