महोत्तरीको एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ शुरु

महोत्तरी – गौशाला–१ रामनगरमा रहेको एभरेस्ट चिनी उद्योगले उखु क्रसिङ अर्थात् (उखु पेल्न) थालेको छ । उद्योगले यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गएको वर्षभन्दा दुई हप्ता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई उखु पर्याप्त पुगिसकेको छैन । किसानले उखु काटेर पुर्‍याउन नसक्दा उद्योगलाई उखु अपुग भएको हो । उखुको क्रसिङ थालेको तर क्षमताअनुसार उखु निकै कम आएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । उद्योगको क्षमता दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने छ, तर उद्योगमा पहिलो दिन हिजो आएको उखु १...