काठमाण्डाै – भूटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले भूटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ । ६५ वर्षीय गुरुङको यही डिसेम्बर १५ मा थिम्पुमा रहेको चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा मृत्यु भएको हो । उहाँको मृत्युको परिस्थितिले हिरासतमा लापर्बाही, दीर्घकालीन दुरुपयोग तथा राज्यको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको अभियानले जनाएको छ । भूटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा श...