युक्रेनबारे अमेरिकासँगको वार्तामा ‘सुस्तता’ देखिएको रुसको दाबी

युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ढिलो भएको भन्दै वार्ताले गतिरोध तोड्न नसकेको रुसले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग छुट्टाछुट्टै वार्ताका लागि रुस र युक्रेन दुवैले वार्ताकारहरू फ्लोरिडा शहरमा पठाएपछि रूसी उपविदेशमन्त्री सर्गेई र्‍याबकाेभले प्रगति सुस्त भइरहेको बताउनुभएको हो । विटकोफले दुवै पक्षसँग रचनात्मक छलफल भइरहेको भन्दै वार्ताको प्रशंसा गर्नुभएको छ भने त्यहाँ कुनै सफलताको सङ्केत भने नदेखिएको बताउनुभ...