भारतलाई हराउँदै उपाधि चुम्ने पाकिस्तानी टोलीका प्रत्येक खेलाडीलाई १ करोड पुरस्कार

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीका खेलाडीलाई पाकिस्तान सरकारले ठूलो पुरस्कार रकमको घोषणा गरेको छ । यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनको विशाल अन्तरले हराउँदै उपाधि चुमेको थियो । भारतलाई हराउँदै उपाधि चुमेकाले पनि पाकिस्तान सरकारले आफ्ना खेलाडीलाई ठूलो पुरस्कार राशिसहित सम्मान गर्ने घोषणा गरेको हो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले यू–१९ एसिया कपको उपाधि जित्ने टोलीका प्रत्येक खेलाडीलाई एक करोड रुपैयाँ पुरस्कार दिने...