सुशीला कार्कीको बहिर्गमन र सर्वपक्षीय सरकारको माग गर्दै काठमाडौंको माइतीघरमा संयुक्त जेनजी आन्दोलनले आज मंगलबार पनि प्रदर्शन गरेको छ । जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठन, जेनजीका माग सम्बोधनलगायत माग राख्दै प्रदर्शन गरेको हो । उनीहरूले सोमबार पनि प्रदर्शन गरेका थिए । सुशीलाले आन्दोलन हाइज्याक गरेको र जेनजीका माग पूरा गर्न चासो नदेखाएको आन्दोलनकारीको आरोप छ । उनीहरूले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनमा निकोलस भुसाल पनि मिसिएका छन् ।