'नियमितको कार्यतालिकामा खेलाँची नगरौं, विशेष महाधिवेशनले पर्खिरहेको छ'

यतिबेला हामी नेपाली कांग्रेसको महाधिवेशनको संघारमा छौं । अहिले यसको कार्यतालिका कार्यान्वयनको प्रक्रिया सुचारु छ । पार्टी विधानले निर्दिष्ट गरेको समयसीमाभन्दा एक महिना ढिला गरेर यसलाई अघि बढाइएको छ । धेरै शंका र दुश्चिन्ताहरू बढेका छन्, तथापि समयभित्र महाधिवेशन हुने आशा बाँकी नै छ । संसारका प्रजातान्त्रिक संस्थाहरू विधि अनुशरणका उदाहरण अर्थात् दृष्टान्त मानिन्छन् । यसले विश्व समाजमा उनीहरूको साख उच्च छ र अग्लो प्रतिष्ठा कमाएका छन् । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो संघर्षशील लोकतान्त्रिक पार्टी हो भन्ने विषयमा दुईमत...