कीर्तिपुर र मूलपानीमा हुने महिला टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ । आउँदो जनवरी १८ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज खेलतालिका सार्वजनिक गरेको हो । १० वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुआ न्यु गिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् । प्रतियोगिताका खेलहरू कीर्तिपुरकाे त्रिवि मैदान र ...