पार्टी निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाही हुन्छ‍- शेरधन राई

नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले पार्टीको नीति, पद्धति र निर्णयविपरीत गतिविधि गर्ने जोसुकैलाई पनि विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् । एमाले कोशी प्रदेश कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले एमाले संस्थागत पद्धतिमा चल्ने पार्टी भएको स्पष्ट पारे ।  उनले पार्टीभित्रै बसेर पार्टीकै हितविपरीत काम गर्ने वा संस्थागत निर्णयलाई चुनौती दिने छुट कसैलाई नभएको चेतावनी दिए ।  ‘पार्टीको नीति, उद्देश्य र अभियानमा सबै नेता–कार्यकर्ताविना सर्त सहभाग...