राष्ट्रपति पौडेलले ओली, प्रचण्ड र देउवालाई बोलाए छलफलमा

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाएका हुन् । छलफलका लागि दिउँसो ३ बजेको समय तय गरिएको शीतलनिवास स्रोतले जानकारी दियो । 'राष्ट्रपतिले प्रमुख दलका शीर्ष नेताहरूलाई दिउँसो ३ बजे छलफलका लागि बोलाउनुभएको छ,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।