नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि (बुधबार)का लागि बैठक बोलाइएको छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । स्रोतका अनुसार बैठकमा पार्टीको १५ औं महाधिवेशन कार्यतालिका सम्बन्धमा छलफल हुने छ। तालिकाअनुसार पार्टीमा क्रियाशील सदस्यताको काम समेत नटुंगिए पछि पुस अन्तिममा महाधिवेशन हुने सम्भावना टर्दै गएको छ। त्यसैले तालिकालाई परिमार्जन गर्ने उद्देश्यसहित बैठक बोलाइएको स्रोतको दाबी छ ।