माइतीघरमा आज पनि जेनजीहरूको प्रदर्शन

८ पुस, काठमाडौं । जेनजी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ । सरकारले जेनजी विद्रोहको भावना अनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो […]