कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा सहभागी हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् । आज बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भ...