बलात्कार आरोपमा पाल्पामा १ जना पक्राउ

पाल्पामा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका- ७ बस्ने बाग्लुङको निसी गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने ​शेरबहादुर बितालु छन् । उनलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  शेरबहादुरले ती महिलालाई ​जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।