कैलालीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका- २ प्रगतीनगर बस्ने २९ वर्षीय श्यामलाल चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।