राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्रीले प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्न लागेकी हुन् । तीन दलका नेतासँग भेट्न मन छैन भनेर सुशीलाले दिएको अभिव्यक्तिका कारण दूरी बढेको थियो । यसबीचमा राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री कार्कीको छल...