अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ सेनाको चिकित्सा सामग्री वोकेको विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्तिमार्फत जनाएको छ । शुरूआती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रुहरू बाँच्न सफल भएको जनाइएको छ । अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै ...