डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

काठमाण्डाै – डलरको भाउ बढ्दा तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व पनि बढेको छ । चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा मङ्सिर मसान्तसम्ममा १ खर्ब १४ अर्ब ४८ करोड थप भइ २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । याे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ६६ प्रतिशत हो । सार्वजनिक ऋणमा मङ्सिर मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ३२ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ६८ प्रतिशत रहेको छ । गएकाे महिनाको तुलनामा अमेरिकी डलरकाे भाउमा भएको वृद्धिले नेपाली मुद्रामा ति...