काठमाण्डाै – राहदानी विभागले थप ३ लाख ९६ हजार थान पासपोर्ट प्राप्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरण लगायतका सेवा आपूर्ति गर्न गरेको सम्झौताअनुसार थप ३ लाख ९६ हजार थान राहदानी प्राप्त भएको विभागले सूचना निकालेर जानकारी गराएको छ । प्राप्त भएका राहदानी जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशमा रहेका नेपाली नियोगबाट आवेदन दिनेका निम्ति पठाउने तयारी गरिएको विभागले जनाएको छ । जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा...