काठमाण्डाैको तापक्रम आज यस वर्षकै कम

काठमाण्डाै – काठमाण्डाैको तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाण्डाैको न्यूनतम तापक्रम झन्डै २ डिग्री सेल्सियले घटेको छ । हिजो ६ दशमलव ८ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेकोमा आज घटेर ४ दशमलव ९ डिग्रीमा रहेको छ । यो अभिलेख काठमाण्डाैको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम हो । गएको मङ्सिर २८ गते काठमाण्डाैको न्यूनतम तापक्रम ५ डिग्रीमा झरेको थियो । माैसमविद् दाहालका अनुसार आज देशको तराईका धेरै क्षेत्रमा बाक्लो हुस्...