आफ्नै आमालाई समेत गुमराहमा राखेका न्युरोडका समन श्रेष्ठको चर्तिकला सुन्दा अनुसन्धानमा संलग्न प्रहरीहरू नै चकित परेका छन् । आफूले शाखा अधिकृतमा नाम निकालेको र त्यसका लागि खर्च लागेको भन्दै श्रेष्ठले आमासँग २७ लाख रुपैयाँ मागेका थिए । नीलो कोट–पाइन्ट, सेतो सर्ट र निजामती कर्मचारीको लोगोसहितको ढाकाटोपी लगाएर छोरो घर आउँदा आमा निकै खुसी थिइन् । विश्वास दिलाउन उनले आफ्नो तलब भन्दै आमालाई मासिक ३५ हजारसम्म नियमित बुझाउन थाले । अचम्मको कुरा त के भने, उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शाखा अधिकृतको कार्ड...