राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र आफूबीच भएको भेटलाई आफू अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् । मंगलबार चितवन पुगेका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपा तयार हो ? भन्ने प्रश्नमा उनले संवाद त्यस चरणमा नपुगेको जानकारी दिए। ‘पहिले थाहा हुनुपर्यो बुझ्नुपर्यो । त्यो चरणमा हामी पुगेका छैनौं‚’ उनले भने । सभापति लामिछानेले हिजोको बैठकमा परि...