राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल शुरू भएको छ । राष्ट्रपतिको पहलमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघिसकेपछि पहिलोपटक तीन शीर्ष नेतासँग भेटवार्ता भएको हो । तीनै शीर्ष नेतासँग भेट्न मन छैन भनेर सुशीलाले दिएको अभिव्यक्तिका कारण दलहरू चिढिएका थिए । 'र...