विदेशमा रहँदा सहज रूपमा स्वास्थ्य सेवा नपाउनु, अस्पताल जान डर लाग्नु, भाषा नबुझ्नु वा कानूनी झन्झटका कारण धेरै नेपाली श्रमिक उपचारबाट वञ्चित हुँदै आएका छन् । यही समस्यालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । तीन वर्षअघि शुरू भएको यस सेवामार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालमै रहेका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गरी स्वास्थ्य परामर्श लिन पाउने सुविधा पाएका छन् । टेलिमेडिसिन भनेको सञ्चार प्रविधिको प्रयोगमार्फत स्वास्थ्यसम्बन्धी जानकारी, परामर्श तथा सुझा...