काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रूपमा भेट गर्नुभएको छ । उहाँहरूबीच आउँदाे चुनावका साथै समसामयिक विषयमा छलफल भइरहेकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ । नवयुवा आन्दोलनपछि उहाँहरूबीच भएको यो पहिलो भेट हो ।