१० जिल्लाले टुङ्ग्याउन सकेनन् क्रियाशील सदस्यता नवीकरणको काम

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको काम १० वटा जिल्लाले पूरा नगरेको पाइएको छ । कोशी प्रदेशका संखुवासभा र खोटाङसँगै १० जिल्लाले क्रियाशील सदस्यता नवीकरण नगरेका पार्टी क्रियाशील व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार १० जिल्लाका समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्प्युटर इन्ट्रीको काम गर्न सकेका छैनन्। क्रियाशील नवीकरणको विवरण इन्ट्री नगर्ने जिल्लाहरूमा मधेश प्रदेशका महोत्तरी र बारा छन् । यसैगरी दोलख...