सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)बीच संवाद भयो । केही समय सामूहिक र करिब पाँच घण्टा यी दुईले गोप्य संवाद गरे । त्यो संवादमा के भयो खुलाइएको छैन । तर, रास्वपा पूर्व सांसद असीम साहको म्युजिक कम्पनी जी२१ को कार्यालय कमलपोखरीमा मध्यरातसम्म चलेको बैठकले पुसको चिसोमा नेपाली राजनीतिलाई मज्जाले तताइदिएको छ । सात घण्टा लामो छलफल सकिएर रवि र बालेन एउटै गाडीमा बाहिरिएपश्चात रातको १:३६ मा साहले सामाजिक सञ्जालमा लेखे- &lsquo...