गुल्मीको धुर्कोट गाउँपालिकामा बन्ने विद्यालय भवनको शिलान्यास गरिएको छ । भारत सरकारको ३.८ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा बन्न लागेको श्री निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन मंगलबार शिलान्यास गरिएको हो । धुर्कोट गाउँपालिका ३ मा बन्ने उक्त विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको ...