नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सम्झौता

नेपाल मेडिकल कलेज र जापानको कोबे तोकिवा विश्वविद्यालयबीच चिकित्सा विज्ञान क्षेत्रमा संयुक्त अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने उद्देश्यले समझदारी भएको छ । मंगलबार कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारी र विश्वविद्यालयका कुलपति तादाशी नाकामुराले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुईवटै संस्थामा कार्यरत फ्याकल्टी तथा पीजी, पीएचडी, डीएम एमसीएच अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक इन्टर चेन्ज रणनीतिअनुसार...