उच्चस्तरीय राजनीतिक संवाद समितिले मुख्य दलका क्षतिग्रस्त कार्यालयको निरीक्षण गर्‍याे

काठमाण्डाै – सरकारका दुई मन्त्रीसहित प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकारको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका कार्यालय भवनहरूको निरीक्षण गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिमा रहनुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले पार्टी कार्यालयको निरीक्षण गर्नुभएको हो । घटना भएको साढे तीन महिनापछि सरकारका तर्फबाट भएको निरीक्षणले पनि चुनावको वातावरण बनाउन सकार...